तिव्र गतिमा रहेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा घाइते भएका पोखरा-६ लेकसाइडका २० वर्षीय अमन अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लेकसाइडबाट जरेबर जाँदै गर्दा ग.५प ३७९८ नम्बरको मोटरसाइकल राति सवा ११ बजे बिजुलीको पोलमा ठोक्किएकपछि अधिकारी गम्भीर घाइते भएका थिए ।
टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्कालै स्थानीयले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि मनिपाल शिक्षण अस्पताल लगिएपनि उपचार सम्भव भएन । मनिपाल अस्पताल लगेलगत्तै चिकित्सकले अधिकारीलाइ मृत घोषणा गरेका थिए ।
२०७३ कार्तिक १४ गते १०:२२ मा प्रकाशित
No comments:
Post a Comment